PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

हाइ पर्फमेन्स ट्रेनिङका लागि म्याराथन धावक भूमिराज चीन प्रस्थान



पहिलोपोस्ट

काठमाडौं : आरडिसी बेइजिङ हाइ पर्फमेन्स तालिममा सहभागी हुन नेपाली म्याराथन धावक भूमिराज राई मंगलबार चीनको बेइजिङ प्रस्थान गरेका छन्।

अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघको उक्त तालिम ५ महिनासम्म सञ्चालन हुने नेपाल एथलेटिक्स संघका महासचिव सुनील राजवंशीले जनाएका छन्।

भूमि नेपालमै भएका म्याराथनमा कम समयमा दौड पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन्। उनको उत्कृष्ट समय २ घण्टा २० मिनेट ४४ सेकेन्ड रहेको छ। उनलाई महासचिव राजवंशीले बिदाइ गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell