काठमाडौं : स्पोर्टस फर अल क्लब, नेपालको आयोजनामा 'दोस्रो नेपाल कप भेट्रान फुटबल च्याम्पियनसिप’ चैत ३ गतेदेखि हुने भएके छ।
२०७१ सालमा पहिलो पटक ‘एनबिए नेपाल कप भेट्रान फुटबल प्रतियोगिता’ आयोजना गरेको क्लबले २०७२ सालमा महाभूकम्पका कारण स्थगित गरेको थियो।
स्पोर्टस फर अल क्लबले नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको समेत चार संस्करण आयोजना गरिसकेको छ।
भेट्रन कपलाई पनि निरन्तरता दिने क्रममा यसपटक ‘दोस्रो नेपाल कप भेट्रान फुटबल च्याम्पियनसिप’ गर्न लागिएको क्लबका अध्यक्ष लोक बहादुर शाहीद्वारा जारी विज्ञप्तीमा भनिएको छ।
चैत ३ गतेदेखि ललितपुरको बुद्धिविकास मण्डल फुटबल मैदान लगनखेलमा हुने च्याम्पियनसिपमा १२ टिमले सहभागीता जनाउने आयोजकले जनाएको छ।
जसमा विभागीय टीमका साथै ए डिभिजन खेल्ने क्लब र कर्पोरेट हाउसका भेट्रान टीम समेत सहभागि हुन सक्नेछन्।
प्रतियोगिताको लागि टीम दर्ता फागुन २५ गतेसम्म गर्नुपर्ने र टीम दर्ता शूल्क १५ हजार रहेको समेत विज्ञप्तीमा उल्लेख छ। प्रतियोगितामा सहभागी हुन ४० वर्ष पुरा गरेको हुनपर्ने छ।
नकआउटका आधारमा सञ्चालन प्रतियोगिता को एउटा खेलको अवधी ७० मिनेटको हुनेछ भने र प्रत्येक टिमले पाँच जना खेलाडी सब्स्टिच्युट गर्न पाउने छ।
विजेता टिमलाई नेपाल कप भेट्रान रनिङ ट्रफीका साथ नगद १ लाख तथा उपविजेताला२ ५० हजार प्रदान गरिनेछ। प्रतियोगिताको मूख्य प्रयोजन हिमालयन सोसियल जर्नी ट्रेक प्रालि रहेको छ।