
पाउलो डाएबलाले पेनाल्टीमार्फत दुई गोल गरेपछि कोपा इटालियनको सेमिफाइनल पहिलो लेगमा युभेन्ट्सले नेपोलीलाई ३-१ ले पराजित गरेको छ।
जितसँगै युभेन्ट्सले २ गोलको अग्रता समेत कायम गरेको छ।
युभेन्ट्सको घरेलु मैदान टुरिनमा भएको खेलमा जोस मारिया कालेजोनले ३६ औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोली नेपालीलाई पहिले अग्रता दिलाएका थिए।
तर अर्जेन्टाइन युवा स्टार डाएबलाले ४७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बराबरी गरे। त्यसपछि अर्का अर्जेन्टाइन स्टार गोन्जलो हिग्वेनले ६४ औं मिनेटमा आफ्नै पूर्व क्लब विरुद्ध गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए।
त्यसको तीन मिनेटपछि पुनः पेनाल्टीमै डाएबलाले व्यक्तिगत दोस्रो गोल गरेपछि युभेन्ट्सले सहज जित हात पार्यो।