PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

सरकारका मन्त्रीलाई नै चुनावमा शंका : प्रश्न गरिन्- 'मधेसमा चुनाव कसरी सम्भव छ?'



पहिलोपोस्ट

सरकारका मन्त्रीलाई नै चुनावमा शंका : प्रश्न गरिन्- 'मधेसमा चुनाव कसरी सम्भव छ?'

काठमाडौं : सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको ९ दिन पुरा भयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारमात्र राष्ट्रका नाममा संबोधन गरेर जुनसुकै अवस्थामा प्रभावित नहुने भन्दै बैशाख ३१ मै निर्वाचन गर्ने प्रतिबद्धता जनाए । तर, उनकै मन्त्रिपरिषद्का सदस्यलाई भने अझै निर्वाचन हुन्छ भन्नेमा विश्वास देखिएन।

प्रशंग हो निर्वाचन आयोगले बुधबारदेखि लागु गरेको आचारसंहिताका विषयमा निर्वाचन आयोगमा राखेको छलफलको । आयोगको छलफलमा भाग लिन निर्वाचन आयोग पुगेकी शान्ति तथा पुनःनिर्माण मन्त्री सितादेवी यादवले चुनाव हुनेमै शंका गरिन्।

प्रधानमन्त्री दाहालले मन्त्रीपरिषदमा नै मन्त्रीहरुलाई निर्वाचनका पक्षमा दृढ भएर उभिन र विराधाभाष हुने अभिव्यक्ति नदिन निर्देशन दिएका थिए। तर, मन्त्री यादवले भने त्यसको समेत उलंघन गरिन्।

'मधेसमा कसरी चुनाव सम्पन्न हुन्छ?,' मन्त्री यादवले शंका गरिन् , 'म २ नम्बर प्रदेशको मात्र कुरा गरिरहेकी छैन, अरु मधेसका जिल्लामा पनि चुनाव कसरी संभव हुन्छ?'

उनले सिंगो मधेसमा असन्तुष्टी चुलिएको भन्दै असन्तुष्टी संबोधन नभई चुनाव हुनेमा आफू विश्वस्त नभएको बताइन्।
'स्वतन्त्र विद्यार्थी युनियनको चुनाव त गराउन मुस्किल भइरहेको छ, कसरी स्थानीय तह चुनाव हुन सक्ला?' उनले शंका गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell