PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

ला लिगा : सोसिडाडले चौथो स्थानमा उक्लने मौका गुमायो



पहिलोपोस्ट

ला लिगा : सोसिडाडले चौथो स्थानमा उक्लने मौका गुमायो

रियल सोसिडाडले स्पानिस ला लिगामा एथ्लेटिकोलाई पछि पार्दै चौथो स्थानमा उक्लने मौका गुमाएको छ।

आइबरका पेड्रो लियोनेल खेलको अन्तिम समयमा गोल गर्दै सोसिडाडसँग बराबरी गरेपछि सोसिडाले उक्त अवसर चुकाएको हो। घरेलु मैदानमा सोसिडाडले आइबरसँग २-२ को बराबरी खेल्दै अंक बाँडेको हो।

आइबर विरुद्ध जित हात पारेको भए सोसिडाड एथ्लेटिकोलाई पछि पार्दै चौथो स्थानमा उक्लने थियो।

खेलमा सोसिडाडले दुई पटक अग्रता लिएपनि कायम राख्न सकेन। १४ औं मिनेटमा जुअनमीले सोसिडाडलाई अग्रता दिलाए। २६ गोन्जालो एस्कालान्टले २७ औं मिनेटमा आइबरका लागि बराबरी गोल फर्काए।

६७ औं मिनेटमा कर्लोस भेलाले पेनाल्टीमा गोल गर्दै पुनः सोसिडाडलाई  अगता दिलाएका थिए। जिततर्फ अग्रसर भइरहदा लियानेले आइबरका लागि ९० औं मिनेटमा बराबरी गोल फर्काए।

बराबरीपछि २५ खेलबाट एथ्लेटिको समान ४५ अंक जोडेको सोसिडाड पाँचौ स्थानमा यथावत छ। यद्यपी एथ्लेटिकोले एक खेल कम खेलेको छ।
यस्तै २५ खेलबाट ३९ अंक जोडेको आइबर सातौं स्थामा उक्लेको छ। समान अंक भएपनि २४ खेल मात्र खेलेको भियारियल गोलअन्तरमा आइबरभन्दा अगाडी छैटौंमा छ।

यता लेगानेसलाई १-० ले पराजित गर्दै भ्यालेन्सिया १२ औं स्थानमा उक्लेको छ। भ्यालेनिसयाको जितमा २९ औं मिनेटमा मांगालाले गरेको गोल नै निर्णायक बन्यो।

जितपछि भ्यालेनिसयाको २५ खेलबाट २९ अंक भएको छ।

अर्को खेलमा रियल बेटिसले मालागालाई २-१ ले पराजित गरेको छ।

ला लिगा अन्तर्गत आज ५ खेल हुँदैछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell