PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

'चक्रव्यूह'मा प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेती



पहिलोपोस्ट

'चक्रव्यूह'मा प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेती

काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई कविका रूपमा आजको पुस्ताले कमैमात्र चिन्छ। तर, उनको साहित्ययात्रा कविता विधाबाटै भएको थियो। निबन्ध, नियात्रा, यात्रा, संस्मरण, समालोचना र भाषा–संस्कृति सम्बन्धी ११ वटा पुस्तक प्रकाशित गरिसकेका उनको बाह्रौँ कृतिका रूपमा ‘चक्रव्यूह’ नामक कविताकृति बजारमा आएको छ।
 
तेह्रथुमको आठराईमा विद्यालयको छात्र हुँदैखेरि २०१६ सालतिर १२ वर्षको उमेरमै ‘वसन्त’ शीर्षको कविता लेखेर काव्ययात्राको आरम्भ गरेका उप्रेतीका कविता बीसको दशकमै ‘रूपरेखा’, ‘दियालो’, ‘मधुपर्क’, तुवाँलो’, झिसमिसे’, ‘सङ्कल्प’ आदिमा प्रकाशित भएका पाइन्छन्। उनका कविता मेचीवारि मात्रै होइन पारिसमेत लोकप्रिय थिए। तर, बीसको दशकको अन्तिम र तीसको दशकको शुरुका दिनमा राजनीतिक कारणले निर्वासनमा रहन बाध्य उनले कविताकर्मलाई पातलोरूपमै भए पनि निरन्तरता भने दिइरहेकै थिए।
 
‘चक्रव्यूह’भित्र बीसको दशकदेखि २०४६ र २०६३–२०६३ का साथै महाभूकम्पसम्मको समयावधिमा रचिएका विविध स्वादका २७ वटा कविताहरू समाविष्ट छन्। सङ्ग्रह अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसनले छापेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell