PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

'लुट टू'को चार दिनको व्यवसाय, राख्ला त बक्सअफिसमा नयाँ रेकर्ड?



पहिलोपोस्ट

'लुट टू'को चार दिनको व्यवसाय, राख्ला त बक्सअफिसमा नयाँ रेकर्ड?

काठमाडौं: काठमाडौं: शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लुट २'ले बम्पर ओपनिङ गर्‍यो। फिल्म प्रदर्शन देखिनै समिक्षात्मक रुपमा औसत प्रतिक्रिया पाएपनि फिल्म व्यवसायिक रुपमा सफल भएको फिल्मको दर्शक फ्लोले प्रस्ट पार्छ।

फिल्म प्रदर्शन अघि नै निर्माता माधव वाग्लेले लुट टूले बक्सअफिसमा छोटो समयमा सर्वाधिक कमाउने फिल्मको रेकर्ड बनाउने दाबी गरेका थिए। मिडियासँग बोल्दै भनेका थिए,'२१ दिनमा छक्कापञ्जाको रेकर्ड ब्रेक गर्छ।'

वाग्लेको बोली मिट गर्ला त लुट टूको व्यवसायले?

फिल्मले पहिलो दिन मात्रै १ करोड ५१ लाखको व्यवासाय गरेको फिल्म निर्माता एवम् वितरक माधव वाग्लेले बताए। त्यस्तै दोस्रो दिन शनिबार १ करोड ६५ लाखको व्यवसाय गरेको हो।

त्यस्तै तेस्रो दिन आइतबार र चौथो दिन काठमाडौं भित्र र बाहिर गरी ८५ लाख उठाएको वितरकको दाबी छ। बुधबार बेलुकीको शोसम्ममा फिल्मले पाँच करोड माथीको व्यवसाय गर्ने वाग्लेको अनुमान छ।

फिल्म प्रचारका क्रममा फिल्मको लगानी एक करोड भनिए पनि हाल निर्माण युनिटले एक करोड साठी लाख लगानी भएको दाबी गर्दै आएका छन्। निर्माताका अनुसार फिल्मले तेस्रो दिन नै आफ्नो लगानी उठायो। ग्रस कलेक्शन चार दिनमा चार करोड माथी रहेको बताइए पनि निर्माताको हातमा पहिलो हप्ताको उठाएको रकम फिल्म युनिट र हलबीच ५०-५०% वितरण गर्ने नियम छ।

लुट टू प्रदर्शनको पहिलो हप्तामै छ। दोस्रो हप्ता लाग्ने बित्तिकै ४२% ग्रस कमाई मात्र युनिटले पाउँछ भने तेस्रो हप्ताबाट उठेको रकमको ३७% मात्र फिल्म युनिटको भागमा पर्छ।

लुट टू निर्माण युनिटले भने व्यवसायिक रुपमा नाफा गरिसकेको छ। नेपाली फिल्म इन्डस्ट्रीमा पहिलो दिन नै डेढ करोडको व्यवसाय गर्ने फिल्मको रेकर्ड लुट टूले बनाएको छ। फिल्मको पहिलो संस्करण थोरै लगानीमा धेरै कमाउने फिल्म बनेको थियो।
   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell