
बलिउड अभिनेता सुनिल सेट्टीका पिताको निधन भएको छ। आज बिहान सेट्टीका बुवा बिरापा सेट्टीको निधनको खबर सार्वजनिक भएको हो।
टाइम्स अफ इन्डियाले जनाए अनुसार बिरापा स्वास्थ्य समस्याका कारण ब्रीच क्यान्डी अस्पतालमा उपचारत थिए। उनको उपचारको क्रममा निधन भएको हो।
९३ वर्षीय सेट्टीको रातको १:३० बजे निधन भएको हो। सेट्ठीको दाहसंस्कार बिहीबार गरिनेछ।
सेट्टी होटल व्यवसायि थिए। उनको उमेर र स्वास्थ्य स्थितीका कारण सुनिलले पनि उनको व्यवसायमा समय दिँदै आएका थिए।
सुनिलकी छोरी डेब्यु फिल्म 'मुबरकान'को सुटिङमा व्यस्त छिन्। हाल लण्डनमा रहेकी उनी हजुरबुवाको अन्तिम संस्कारका लागि बिहिबारनै भारत फर्कदैछिन्।