
काठमाडौः प्रहरी महानिरीक्षक नियुक्तिको बिषयमा सर्वोच्च अदालतमा दायर रिट माथिको बहस सकिएको छ । बहस सकिएसंगै आजनै फैसला आउने सम्भावना छ।
मंगलबार न्यायधिष हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासमा उक्त रिटमाथि सुनुवाइ नसिकएपछि सुनवाई बुधवारका लागि सारिएको थियो ।
सरकारले डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि उक्त निर्णयलाई रोक लगाउन माग गर्दै अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए। यस्तै डिआइजी नवराज सिलवालले पनि आफूलाई आइजीपी नियुक्त गर्न माग गर्दै रिट दायर गरेका थिए।
रिटमाथिको सुनुवाइमा अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरी निर्णय कार्यान्वयनमा रोकेको थियो।