
मार्टिन गप्टिले शानदार शतक बनाएपछि न्युजिल्याण्डले फोर्थ वान डे म्याचमा दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको छ। २८० रनको लक्ष्य न्युजिलयाण्डले ४५ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको हो
।
जितसँगै घरेलु टोलीले ५ म्याचको सिरिज २-२ को बराबरी गरेको छ। अब पाँचौ तथा अन्तिम टेष्ट निर्णायक हुने भएको छ।
ह्यामिल्टनमा न्युजिल्याण्डलाई जित दिलाउन गप्टिलले नटआउट १८० रन बनाए। १३८ बल खेलेका उनले १५ चौका र ११ छक्का समेत प्रहार गरे।
तेस्रो ओभरमा ओपनर ब्रोनविल आउट भएपनि गप्टिलले एक छेउबाट इनिङ्स सम्हाल्दै जितको आधार खडा गरे।
दोस्रो विकेटका लागि कप्तान काने विलियासनसँग ७२ रनको साझेदारी गरेका गप्टिलले तेस्रो विकेटका लागि रोस टेलरसँग १८० रनको साझेदारी गरे। विलियमसन २१ रन बनाएर आउट भए भने टेलरलले ६६ रनको योगदान गरे।
दक्षिण अफ्रिकाका इमरान ताहिरले २ विकेट लिए।
त्यसअघि सेल्डन पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली दक्षिण अफ्रिकाले कप्तान ए बि डे भिलियर्स र फाप डु प्लेसिसिको अर्धशतकको मद्दतमा २७९ रन बनाएको थियो। उसका लागि डे भिलियर्सले नटआउट रहदै सार्वधिक ७२ रन बनाए। ५९ बलमा उनले ४ चौका र ३ छक्का प्रहार गरे। प्लेसिसले ६७ रन जोडे।
यसबाहके ओपनर हसिम हमलाले ४०, वायने पार्नेलले २९, क्रिस मोरिसले २८ तथा जे पि डुमिनीले २५ रनको योगदान गरे। बलिङमा न्युजिल्याण्डका जितन पटेलले २ विकेट लिए।
यी दुईबीचको पाँचौं तथा निर्णायक वान डे आगामी शनिबार अकल्याण्डमा हुनेछ।