PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

​मन्त्रीलाई निर्वाचन आयोगको चेतावनी : पार्टीको काममा सरकारीस्रोत प्रयोग नगर्नु



पहिलोपोस्ट

​मन्त्रीलाई निर्वाचन आयोगको चेतावनी : पार्टीको काममा सरकारीस्रोत प्रयोग नगर्नु

काठमाडौं : निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले मन्त्रीहरुलाई कडा शैलीमा निर्वाचन आचारसंहिता पढाएका छन्।
बुधबारबाट लागु गरेको आचारसंहिताबारे जानकारी दिन आयोगमा मन्त्रीहरुलाई डाकेका यादवले आचारसंहिताको पालना गर्न कडा शैलीमा सम्झाए।

'अत्यावश्यक, पुननिर्मणका काम, निर्वाचन आयोगले रोक्दैन सहजीकरण गर्छ,' प्रमुख आयुक्त यादवले भने, 'तर मन्त्री भएर जनताको ट्याक्स खाएर कुनै पार्टी विशेषको कार्यक्रममा जान आयोगले निशेध गर्छ।'


उनले मन्त्रीहरु नै निर्वाचन क्षेत्रमा जाने भए निर्वाचन आयोग किन चाहिन्छ भन्दै प्रतिप्रश्न समेत गरेका थिए। '४५ मन्त्रीको एक्टिभिटी ७ सय २९ क्षेत्रमा हुन गयो भने निर्वाचन आयोग किन चाहियो?' यादवले भने, 'मन्त्रीले नै निर्वाचन गर्नुस।'  उनले मन्त्रीहरुलाई जिल्ला सदरमुकाम बाहिर नजान समेत निर्देशन दिए।

'मन्त्रीहरुले गएर प्रचारप्रसार थाल्नुभयो भने त्यसको प्रेसर उम्मेद्वारमाथि पर्छ,' यादवले भने, 'त्यसैले सिडियोलाई समेत आचारसंहिताभित्र रहेर मात्र स्वागत गर्न हामिले परिपत्र गर्नेछौ।'

मन्त्रीहरुले कार्यक्रममा हिड्नलाई आयोगले रोक लगाउन नहुने भन्दै राखेको प्रश्नमा उनले कडा जवाफ फर्काए। 'तपाईहरुले नै भन्दै हुनुहुन्छ २० वर्ष स्थानीय चुनाव भएन भने,' यादवले भने, 'अब भन्दिनुस् कि संविधान सर्बोपरी हो की मन्दिर उद्घाटन?'


प्रमुख आयुक्त कडा हुँदै गएपछि मन्त्रीहरुले बीचमै प्रश्न गर्न खोजेका थिए। तर मन्त्रीलाई रोक्दै प्रमुख आयुक्त यादव थप कडा भए।

मन्त्री कुमार खड्काले माइक अनगर्न लाग्दा बीचमै रोकेर यादवले 'यो विषय मसँग राख्ने हैन, क्याविनेटमा प्रधानमन्त्रीसँग राख्नुस'  भन्दै रोके।
'म बनेपाबाटै नै जाने आउने गर्छु, अब घर जाने कि नजाने?,' राज्यमन्त्री कञ्चन चन्द्रवादेको प्रश्नमा यादवले भने,  'सामान्य भएर जानुस।'
निर्वाचन आयोगले आगामी बैसाख ३१ गते हुने स्थानीय तह चुनावका लागि बुधबारदेखि लागु हुनेगरी हिजै निर्वाचन आचारसंहिता जारी गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell