PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

'गुलाब जामुन' बन्दै ऐश्वर्या र अभिषेक



पहिलोपोस्ट

'गुलाब जामुन' बन्दै ऐश्वर्या र अभिषेक

बलिउड जोडी अभिषेक बच्चन र ऐश्वर्या रायले रिल लाइफमा एउटै पर्दा सियर गर्ने भएका छन्। यो जोडी फिल्म 'गुलाब जामुन'मा सँगै देखिने भएका हो।

फिल्म घोषणा गर्दै अनुराग कश्यपले यी रियल लाइफ जोडीको नाम मुख्य कलाकारको रुपमा घोषणा गरेका हुन्। कश्यपको निर्माणमा फिल्म बन्ने बारे वेब दुनियाँले जानकारी सार्वजनिक गरेको छ।

केही महिनाअघि सार्वजनिक करण जौहरको फिल्म ऐ दिल है मुश्किलमा ऐश्वर्या राय बच्चनको अभिनयले निकै तारिफ बटुल्यो। लामो समयपछिको कम ब्याकमा उनले आफ्नो अभिनय कलाला ह्रास नआएको सावित गरिन्।

अभिषेकको हकमा भने उनले हिट फिल्म दिन सकेका छैनन्। केही दिनअघि उनको मुख्य भूमिका रहने भनिएको फिल्म 'लेफ्टी' घोषणा भए पनि फिल्म निर्माण प्रकिया अघि बढ्न सकेको छैन।

यो जोडी सात वर्षपछि पुन: स्क्रिनमा एकसाथ देखिँदै छ। यसअघि फिल्म 'रावन'मा दुवैले अभिनय गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell