PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

स्ववियु मात्र हैन विद्युत प्राधिकरणमा पनि चलिरहेछ चुनाव



पहिलोपोस्ट

स्ववियु मात्र हैन विद्युत प्राधिकरणमा पनि चलिरहेछ चुनाव

काठमाडौं: आज स्ववियु मात्र नभएर नेपाल विद्युत प्राधिकरण ट्रेड युनियनको पनि निर्वाचन चलिरहेको छ। निर्वाचन अधिकृत राजकुमार पोखरेलका अनुसार आज देशै भर ६८ जिल्लामा १ सय १३ निर्वाचन केन्द्रमा विद्युत प्राधिकरण ट्रेड युनियनको निर्वाचन हुँदैछ।

२ बजे सम्म २५ निर्वाचन केन्द्रमा मतदान सम्पन्न भैसकेको छ। बेलुकी ५ बजे सम्म मतदान गर्ने समय तोकिएको छ। देशभर विद्युत प्राधिकरणका ८ हजार २ सय २६ जना कर्मचारी मतदाता रहेका छन्।

सबै भन्दा धेरै कर्मचारी रहेको प्राधिकरणको केन्द्रीय कार्यालयमा ७४० मतदाता रहेका छन्। त्यसपछि केन्द्रीय कार्यलय सँगै रहेको रत्नपार्क वितरण केन्द्रमा ३५१ मतदाता रहेका छन।

सबै भन्दा थोरै मतदाता भने रुकुम मतदान केन्द्ररमा ४ जना मात्र मतदाता रहेका छन्। आज भएको निर्वाचनको मतगणना ५ बजे देखि नै सुरु हुने छ। मतपरिणाम प्राधिकरणको वेवसाईटमा राखिने पोखरेलले जानकारी दिए।

निर्वाचनबाट हाल कायम रहेका ४ वटा दलगत ट्रेड युनियनबाटै विजयी हुने युनियन प्राधिकरणको आधिकारिक ट्रेड युनियन हुने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell