काठमाडौँ : निर्वाचन आयोगले राजदूतहरु र विदेशी नियोगका प्रमुखहरुलाई उद्घाटन र शिलान्यास कार्यक्रममा जान रोक लगाएको छ।
आचारसिंहता लागू गर्दै आयोगले विदेशी मुलुकका नेपालमा रहेका राजदूत र कूटनीतिक नियोगका पदाधिकारीहलाई उद्घाटन र शिलान्यास कार्यक्रममा जान रोक लगाएको हो।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले मन्त्रीहरुलाई आचारसंहिताबारे जानकारी गराउँदै विदेशी राजदूतहरुलाई समेत आचारसंहित लागू गरिएको बताएका हुन्।
'डिप्लोमेटिक मिसनका प्रमुहरुलाई डाकेर हामीले भनेका छौँ, नो यु कान्ट गो इन योर फिल्ड (तपाईं कार्यक्रम लागू भएको ठाउँमा जान सक्नुहुन्न।)' यादवले भने, '२०७० को निर्वाचनमा देख्यौँ डिप्लोमेट्स (कूटनितिज्ञहरु) फिल्डमा गएर जे पनि बोल्न थालेका छन्।'
आयोगले विभिन्न विदेश नियोगले परियोजना मार्फत कुनै उम्म्देवारको पक्षमा लबिङ गर्न सक्ने भएकाले प्रतिबन्ध लगाइएको जनाएको छ। त्यस्तै कतिपय अवस्थामा कूटनितिज्ञहरुले निर्वाचन प्रभावित पार्न सक्ने गरि अभिव्यक्ति दिने गरेको देखिएकाले आचारसंहित लागू गरिएको आयोगले जनाएको छ।