
काठमाडौं: सरकारमा सहभागि र समर्थन गरेका दलको बैठक बालुवाटारमा शुरु भएको छ। स्थानीय तह निर्वाचन मिति घोषणापछि बदलिएको राजनीतिक अवस्थाबारे सरकार समर्थक दलविच एक मत बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक राखेका हुन्।
बैठकमा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, गररकारको मुख्य सहयोगी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला, गृहमन्त्री बिमलेन्द्र निधि, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, मधेसी मोर्चामा आवद्ध दल तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, मधेसी जनअधिकार फोरमका अध्यक्ष विजय गच्छदार, संघिय समाजवादी फोरमका नेता अशोक राई लगायतकाहरु सहभागी छन्।
प्रचण्ड नेतृत्वको सरकारको पक्षमा मतदान गरेको मधेसी मोर्चा निर्वाचनको विपक्षमा उभिएको छ। राप्रपा सरकारले अगाडि बढाएको संविधान संशोधन प्रस्तावमा सहमत भएको छैन।