PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

तिलोतमा गोल्डकप : सुशील केसीको इन्जुरी टाइमको गोलमा संकटा फाइनलमा



पहिलोपोस्ट

बुटवल : सुशील केसीले इन्जुरी टाइममा गोल गरेपछि सिएमजी संकटा हिमालयन शेर्पा क्लबलाई हराउँदै १९औं तिलोतमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा एक गोलले पछि परेको स्थिती उल्टाउँदै संकटाले हिमालयनलाई २-१ ले पराजित गरेको हो।

बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलको २६ औं मिनेटमा चेतन कुमार थारुले गोल गर्दै हिमालयनलाई पहिले अग्रता दिलाएका थिए।

तर हिमालयनलको अग्रता लामो समय टिकेन। ४३ औं मिनेटमा विदेशी खेलाडी संकटाका मार्टिनले गोल गर्दै खेल १-१ को बराबरी गरे।

निर्धारित ९० मिनेटके खेल बराबरीमै सकिएको थियो। तर इन्जुरी टाइमको दोस्रो मिनेटमा सुशील केसीले गोल गरेपछि संकटा २-१ को जित हात पार्दै फाइनल प्रवेश गरेको हो।

संकटाले अब उपाधिका लागि विभागीय टोली नेपाल आर्मी र रुपन्देही-११ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यी दुईबीचको दोस्रो सेमिफाइनलमा खेल विहीबार हुनेछ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell