PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

मोटरसाइकल बजारमा अझै पनि स्प्लेन्डरकै दबदबा, २०१६ को अन्त्यमा सर्वाधिक बिक्री



पहिलोपोस्ट

मोटरसाइकल बजारमा अझै पनि स्प्लेन्डरकै दबदबा, २०१६ को अन्त्यमा सर्वाधिक बिक्री

नयाँ दिल्ली : सन् २०१६ को अक्टोबरदेखि डिसेम्बरसम्मको त्रैमासिकमा भारतमा हिरो स्प्लेन्डरले बिक्रीमा सबै मोटरसाइकललाई उछिनेको छ।
 
बजारमा अनेक स्पोर्टी मोटरसाइकल आए पनि हिरो मोटोकर्पको स्प्लेन्डरको लोकप्रियतालाई कसैले माथ दिन सकेको छैन।
 
स्कुटर सेगमेन्टमा होण्डाको एक्टिभा पहिलो स्थानमा रहेको छ।

 
सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सको तथ्याङ्कअनुसार हिरो मोटोकर्पले उक्त अविधमा पाँच लाख ९१ हजार १७ वटा स्प्लेन्डर बाइक बेचेको छ। यही अवधिमा एक्टिभा भने पाँच लाख ६९ हजार ९ सय ७२ प्रति बिकेको छ।
 
दुई पाङ्ग्रे सवारी उद्योगहरु भारु ५०० र एक हजारको नोट प्रतिबन्धको मारमा नराम्रोसँग फसेका छन्। पहिलो स्थान ओगटे पनि अघिल्लो त्रैमासको तुलनामा स्लेन्डर र एक्टिभाको बिक्री क्रमशः ९.४ प्रतिशत र ४.३ प्रतिशतले घटेको जनाइएको छ। 

('द इकोनोमिक्स टाइम्स'बाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell