PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

काठमाडौँ महानगरपालिकाद्वारा सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण



पहिलोपोस्ट

काठमाडौँ महानगरपालिकाद्वारा सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।
 
बुधबार सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले प्रहरी अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाहीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्। कार्यक्रममा महानगरका प्रमुख तथा कार्यकारी अधिकृत तामाङले विपद् व्यवस्थापनमा यसअघि सशस्त्र प्रहरीले खेलेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे।
 
सोही अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक प्रेमकुमार शाहीले विपद्का समयमा अत्यावश्यक सामाग्री उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप सक्रियताका साथ विपद् व्यवस्थापनमा लाग्ने प्रतिबद्धता जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell