PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

​बालुवाटार बैठक छोडेर कहाँ के गर्दै छन् उपेन्द्र यादव?



पहिलोपोस्ट

​बालुवाटार बैठक छोडेर कहाँ के गर्दै छन् उपेन्द्र यादव?

काठमाडौँ :  बैशाख ३१ गतेका लागि सरकारले निर्वाचन मिति घोषणा गरेको छ। मधेसी मोर्चा संसदमा रहेको संविधान संशोधन विधेयक पारित नगरि निर्वाचनमा भाग नलिने अडानमा छ।

प्रधानमन्त्री निवास बालुवाटारमा दैनिक मधेसी नेताहरु र सरकारबीच वार्ता जारी छ। तर वार्तामा सहभागि छैनन् उपेन्द्र यादव। सरकार र मधेशी मोर्चा बीच पछिल्लो समय भएका वार्ता महत्वपूर्ण छ। संविधान संशोधन स्थगन गरेर निर्वाचनमा जान मोर्चालाइ सरकार आग्रह गरिरहेको छ। तर मोर्चा विधेयक पास गराउनैपर्ने अडानमा छ। सरकार संशोधन फेल भए के हुन्छ भन्ने प्रश्न गरिरहेछ। मोर्चा पासको विकल्प नभएको जवाफ दिइरहेको छ।

तर मधेस केन्द्रीत दलहरु मध्ये सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादव यी वार्ताहरुमा सहभागि छैनन्। 'सरकारले रहरको लागि मात्र चुनाव घोषणा गरेको हो, चुनाव होइन रणसग्राम हुन्छ' जस्ता निर्वाचनको विरुद्धमा अभिव्यत्ति दिदैँ हिँडेका छन्। मंगलवार सरकार र मोर्चा बीच प्रधानमन्त्री निवास बालुवाटरमा बैठक भयो। तर यादव अनुसपस्थित भए। उनको स्थानमा अशोक राई र पार्टी सह अध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागि भए।

बुधवार बालुवाटरमा भएको बैठकमा पनि उनि कहि कतै देखिएनन्। सरकारको समर्थन फिर्ता लिने बताइरहेका यादव आखिर कहाँ के गर्दै छन् त?


सरकारले मिति घोषणा गरेसगै नयाँ शत्तिका संयोजक बावुराम भट्टराईसँग मिलेर संयुत्त रुपमा बिज्ञप्ति निकाल्दै निर्वाचन स्थगित गर्नुपर्ने माग यादवले गरेका थिए। यसले उनको नयाँ शक्तिसँगको निकटता र मोर्चासँग दुरी बढाइरहेको देखिन्छ।

यादवका प्रेस संयोजक मेहश चौरसिया भन्छन् - ‘तीन दिन भयो उहाँ तराईका जिल्लामा हुनुहुन्छ, मंगलबार सिराहा र बुधवार सर्लाहीमा।’ मोर्चा र सरकारबीच निकै महत्वको बैठक छोडेर यादव तराईमा के गर्दैछन् त?

चौरासिया भन्छन् - पार्टीको जिल्ला अधिवेशन भईरहेकाले छ। चौरासियाले ४ दिन पछि मात्र अध्यक्ष यादव काठमाडौँ फर्कने कार्यक्रम रहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell