PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

आठौं राष्ट्रिय बाल नाटक महोत्सव आज देखि सुरु, हेर्नुस् सात फोटोमा

आठौं राष्ट्रिय बाल नाटक महोत्सव आज देखि सुरु, हेर्नुस् सात फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


  • समर्थ रञ्जीत-
काठमाडौँ : आठौं राष्ट्रिय बाल नाटक महोत्सव आज देखि सुरु भएको छ। शैली थिएटर र रुसी सास्कृतिक केन्द्रले आयोजना गरेको महोत्सवमा पहिलो दिन दुइई प्रतियोगि नाटक मञ्चन भए। त्यस्तै रसियन कवितामा आधारित नाटक चिसो यात्रा शैली थिएटरले प्रस्तुत गर्‍यो।

प्रतियोगी नाटक ‘कुमारीको घर’ले कुमारी बस्ने प्रथाले बालिकामा पारेको प्रभाब र बाटो चौडा गर्ने कार्यले बालबालिकामा पर्ने प्रभाव देखाएको थियो। प्रभाकर न्यौपानेले नाटक निर्देशन गरेक थिए। दोस्रो नाटक ‘पर्खाल भित्र’ले पैसाको निम्ती सास्कृतिक धरोहर र बालबालिका बेच्ने प्रवृत्तिबारे थियो। नाटकलाइ चलचित्रकर्मी नुतन प्रधानले निर्देशन गरेका हुन्।

शैली थिएटरको ‘चिसो यात्रा’ ले एउटा यात्रामा हुने अबस्थालाइ देखाएको थियो। सो यात्रामा वयस्क र एक बालिका बीचमा आएको विचार-भिन्नताले लिएर आएको द्वन्द्वात्मक अबस्थालाइ चित्रण गरेको थियो। नाटकको नबराज बुढाथोकीले निर्देशन गरेका थिए। सम्मेलन पाँच दिनसम्म चल्नेछ। हेर्नुस् समर्थ रञ्जीतले खिचेको फोटो - 


ट्रेन्डिङ पोस्ट

Ncell