.png)
काठमाडौं : बिबिसी नेपाली सेवाको मासिक ७ लाखको जागिरबाट राजीनामा दिएर राजनीतीमा होमिएको घोषणा गरेका रवीन्द्र मिश्रको पार्टीको नाम साझा पार्टी र चुनाव चिन्ह तराजु रहेको खुलेको छ।
मिश्रले बुधबार निर्वाचन आयोग पुगेर पार्टीको नाम र चुनाव चिन्ह सुरक्षित गराउन निवेदन दिएपछि पार्टीको नाम र चिन्ह सार्वजनिक भएको हो। आयोगमा निवेदन दिएसँगै सो समूहले ट्विवटर ह्यान्डल समेत सार्वजनिक गरेको छ। जसमा निलो पृष्ठ भुमिको झण्डा समेत सार्वजनिक गरिएको छ।
नाम र चुनाव चिन्ह सार्वजनिक भए पनि पार्टीको सागठनिक संरचना र संलग्नहरुको नाम भने औपचारिक रुपमा सार्वजनिक भएको छैन। सो दलमा पूर्व सचिव,सञ्चारकर्मी, चिकित्सकहरु रहेको सार्वजनिक भए पनि पुष्टी भने भएको छैन।