
प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी क्वाटरफाइनल प्रवेश गरेसँगै एफए कपको अन्तिम आठको समिकरण पूरा भएको छ।
सिटीले हडस्फिल्ड टाउनलाई ५-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो। एक गोलले पछि परेको स्थितीमा सर्जियो एगुरोले दुई गोल परेपछि सिटीले जित हात पारेको हो।
गत फेब्रुअरीमा भएको खेल गोलरहित बराबरीमा रोकिएपनि यी दुईबीच रिप्ले म्याच खेलाइएको हो। जसमा सर्जियो अगुएरोले दुई गोल गरेपछि सिटीले सहज जित हात पार्यो।
अगुएरोसँगै लरेय साने, पाब्लो जाबालेटा र केलेची इहनाचोले १/१ गोल गरे। खेलको सातौं मिनेटमै ह्यारी बनले गोल गर्दै हडस्फिल्डलाई पहिले अग्रता दिलाएका थिए। तर उसले त्यो अग्रता कायम राख्न सकेन।
सिटीले अब क्वाटरफाइनलमा यही मार्च ११ मा प्रिमियर लिगकै क्लब मिडल्स्ब्रोसँग खेल्नेछ। यस्तै अन्य खेलमा प्रिमियर लिगका चेल्सी र म्यानचेष्टर युनाइटेड भिड्नेछन् भने आर्सनलले लिन्कन सिटी तथा टोटनहमले मिलवालसँग प्रतिस्पर्धा गर्नेछ।