PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

जर्मन कप : लेवान्डास्कीको दुई गोल मद्दतमा वायर्न म्युनिख सेमिफाइनल



पहिलोपोस्ट

जर्मन कप : लेवान्डास्कीको दुई गोल मद्दतमा वायर्न म्युनिख सेमिफाइनल

वायर्न म्युनिख जर्मन कपको सेमिफाइनलमा प्रवेश गरेको छ। रोवर्ट लेवान्डास्कीको दुई गोल मद्दतमा दश खेलाडीमा झरेको साल्कालाई ३-० ले पराजित गर्दै वायर्नै अन्तिम चारमा पुगेको हो।

खेलको तेस्रो मिनेटमै लेवान्डास्कीले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए। १६ औं मिनेटमा थियागो अल्कान्टारामेले गोल गरेपछि वायर्नले अग्रता दोब्बर पार्यो।

२९ औं मिनेटमा लेवान्डास्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि वायर्नले पहिलो हाफमै तीन गोल गरेको थियो। ७७ औं मिनेटमा बास्टुबरले रातो कार्ड पाएपछि साल्का दश खेलाडीमा झरेको थियो।

यस्तै बोरुसिया मोन्चेन ग्लाडबाच पनि सेमिफाइनलमा प्रवेश गरेको छ। मोन्चेनग्लाडबाचले ह्यावर्गलाई २-१ ले पराजित गरेको हो।

मोन्चेनग्लाडबाचले अब फाइनल प्रवेशका लागि एनट्राक्ट फ्रांकफर्टसँग प्रतिस्पर्धा गर्नेछ भने वायर्नले बोरुसिया डर्टमण्ड र स्पोर्टफेउन्डे लोट्टेबीचको विजेतासँग खेल्नेछ।
फोटो : ​http://www.dfb.de



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell