PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

लगानी सम्मेलनका लागि विश्वका अढार्इ सय लगानीकर्ता नेपालमा



पहिलोपोस्ट

लगानी सम्मेलनका लागि विश्वका अढार्इ सय लगानीकर्ता नेपालमा

काठमाडौं : नेपाल आकर्षक लगानी गन्तब्यको रुपमा विकास गर्न आजदेखि राजधानीमा लगानी सम्मेलन हुँदैछ।
 
नयाँ सविधान जारी भएपछि प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने उदेश्यसहित गर्न लागिएको सम्मेलनमा बहुराष्ट्रिय कम्पनी कोकाकाला, माइक्रोसफ्ट, चिनियाँ कम्पनी होङसी लगायतका ठूला कम्पनीका प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनमा नेपालका राजनीतिक दलले समेत लगानीका लागि राजनीतिक प्रतिवद्धता गर्नेछन्।
 
दुर्इ दिनसम्म चल्ने सम्मेलनमा भारतीय अर्थमन्त्री अरुण जेट्ली समेत सहभागी हुँदैछन्। उनी सम्मेलनका मुख्य वक्ता छन्। उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजनामा हुने सम्मेलनमा अढार्इ सय विदेशी सहभागी हुनेछन्।
 
माइक्रोसफ्टका दक्षिणपूर्वी क्षेत्रका महाप्रबन्धक मिहिल्ली सिमोन्स, कोकाकोला नेपालका एमडी पुनित भर्सेनी लगायतका लगानीकर्ता सहभागी हुने मन्त्रालयले जनायो।
 
विदेशी पाहुनाका विमानस्थलमा छुट्टै इमिग्रेसन डेस्क स्थापना गरिएको उद्योग विभागका प्रदीप कोइरालाले बताए। विदेशीका लागि स्वागत गर्नका लागि पनि छुट्टै हेल्प डेस्कको स्थापना गरिएको उनले बताए।
 
सम्मेलनमा सबैभन्दा धेरै चिनियाँ लगानीकर्ता आउने भएका छन्। दुई सय ५० जनाभन्दा धेरै विदेशी लगानीकर्ताले सहभागिताका लागि नाम दर्ता गराएको लगानी बोर्डका प्रवक्ता मधुप्रसाद भेटुवालले बताए। उद्योग मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले सम्मेलनमा भारतबाट २५ जना लगानीकर्ताले सहभागिताका लागि नाम दिएको बताए।
 
सम्मेलनमा दोस्रो ठूलो वक्ताका रुपमा एसियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंकका प्रेसिडेन्ट जिन लिछिन हुनेछन्। सम्मेलनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसहित चारजना मन्त्रीहरुले बोल्ने कार्यक्रम रहेको छ। सम्मेलनमा उद्योगमन्त्री नवीन्द्रराज जोशी, अर्थमन्त्री कृष्णबहादुर महरा, पर्यटनमन्त्री जीवनवहादुर शाही र वाणिज्यमन्त्री रोमी गौचन थकाली लगायत विभिन्न क्षेत्रका व्यक्तिले सम्वोधन गर्ने कार्यक्रम रहेको छ।
 
सम्मेलनमा चीन र भारत बाहेक श्रीलंकाका २०, जापानका १५, मलेसियाका १३, क्यानाडाका १२, हङकङका १०, बेलायत, दक्षिण कोरिया लगायतका देशबाट सहभागी हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell