काठमाडौं : नेपाल राष्ट्र बैंक कर्मचारी संघको सातौं अधिवेसनले ढुण्डीराज मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोछ। उपाध्यक्षमा रुद्रप्रसाद तिमिल्सिना र बाबुराम कोइराला निर्वाचित भएका छन्।
नेकपा एमाले निकट संघले महासचिवमा गोविन्दप्रसाद भण्डारी निर्वाचित भएका छन्। सचिवमा डण्डप्रसाद खरेल र कृष्ण केसी चुनिएका छन्। कोषाध्यक्षमा पदमराज जोशी र सहकोषाध्यक्षमा बबी केसी निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यमा उमाकान्त थपलिया, तुलसीराम गुरागाईँ, बिष्णुवहादुर श्रेष्ठ, सुरेश शिवाकोटी, कृष्णप्रसाद गौतम, हरिप्रसाद अर्याल, भरतदेव पाण्डेय, कमला अर्याल, खगेश्वर भण्डारी र शारदा लोहनी निर्वाचित भएका छन्।