
कोपा इटालिय अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा लाजियोले रोमालाई २-० ले पराजित गरेको छ।
घरेलु मैदानमा लाजियोलाई जित दिलाउन मिलिनकोभिक साभिचले र सिरो इम्मोबाइलले एक एक गोल गरे।
रोमाको मैदानमा दोस्रो लेग हुनु अघि लाजियाले दुई गोलको स्पष्ट अग्रता समेत बनाएको थियो। लाजियोले सन् २०१३ को कोपा इटालिय फाइनल पछि रोमालाई पराजित गरेको यो पहिलो पटक हो।
पहिलो सेमिफाइनलको पहिलो लेगमा युभेन्ट्सले नेपोलीलाई ३-१ ले पराजित गरेको थियो।