PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

शुक्रबारदेखि सर्वनाममा 'बुख्याचा मन'



पहिलोपोस्ट

शुक्रबारदेखि सर्वनाममा 'बुख्याचा मन'

काठमाडौं : सर्वनाम थिएटरमा नाटक 'बुख्याचा मन' मञ्चन हुने भएको छ।
 
राज शाहको लेखन तथा निर्देशन रहेको नाटक शुक्रबारदेखि मञ्चन हुने भएको हो। यसअघि नाटक 'जिम्दा सपना' लेखन तथा निर्देशनपछि शाहले 'बुख्याचा मन' नाटकको तयारी गरेका हुन्। सामाजिक कथालाई यसपालि पनि निरन्तरता दिने राजले पश्चिम नेपालको चर्चित सराय नाच, रोदीलाई रोचकतापूर्वक मञ्चमा ल्याइने बताए।
 
दुई साथीहरुको मित्रताको कथामा आधारित नाटक लेखक शाहले करिब दुई वर्षको अन्तरालमा मञ्चमा उतारेका हुन्।
 
सर्वनामको प्रस्तुति रहेको नाटकमा आदित्य शर्मा, आरोही शर्मा, शुदर्शन अर्याल, प्रकाश केसी, शर्मिला नगरकोटी, सुजिता अधिकारी, सुजन पौडेल लौरो, नवीनचन्द्र अर्याल, विवेक आर्चाय, सुशील गैह्रे, सगुन तामाङ, नितान्त ढकाल, रोशन अर्याल, विनोद खत्री, पंकज पौडेल, रिनेक्स बस्नेत र राज शाहको समेत अभिनय रहेको छ।
 
नाटक बिहीबार बाहेक हरेक दिन बेलुका ५ बजे र शनिबार १ बजे अतिरिक्त शो मञ्चन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell