PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

पैसा नदिए आलिया भट्टलाई गोली हानेर मार्ने धम्की आयो



पहिलोपोस्ट

पैसा नदिए आलिया भट्टलाई गोली हानेर मार्ने धम्की आयो

आलिया भट्ट र उनकी आमा सोनी राजदानलाई ज्यान मार्ने धम्की आएको छ। 
 
आलियाका बुवा फिल्म निर्माता महेश भट्टलाई उनीहरुलाई ज्यान मार्ने धम्की दिएका हुन्। धम्कीकर्ताले महेश भट्टबाट ५० लाख रुपैयाँ मागेको र पैसा नदिए सूरतमा सोनी र उनकी छोरी आलियालाई ज्यान मार्ने धम्की दिएको फर्स्टपोस्टले जनाएको छ

प्रहरीले यस घटनाको एफआइआर दर्ता गरेको छ र भट्ट परिवारको स्टेटमेन्ट पनि रेकर्ड गरेको छ। धम्की दिने एक व्यक्तिलाई पक्रिएको खबर पनि प्राप्त भएको फर्स्टपोस्टले जनाएको छ।

इन्डिया टुडेले मुम्बई प्रहरीसित जोडिएको सूत्रका माध्यमबाट दिएको सूचनाअनुसार आफूलाई कुनै ग्याङको लिडर बताउने एक व्यक्तिले महेश भट्टबाट ५० लाख रुपैयाँको माग गरेका छन्। ती व्यक्तिले महेश भट्टको ह्वाट्सऐपमा म्यासेज पठाएर धम्कीलाई हल्का रुपमा नलिन भनेका थिए। ती व्यक्तिले भट्टसित भने, 'यदि तिमीले पैसा दिएनौँ भने तिम्री छोरी आलिया र पत्नी सोनीमाथि धेरै राउन्ड गोली चलाउनेछु।
 
महेश भट्टलाई लखनऊको कुनै बैंकको ब्रान्चमा पैसा जम्मा गर्न भनिएको छ। यो घटना २६ फेब्रअरीमा भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell