PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

अनमोल केसी र आशिरमान जोशीको पर्दामा प्रतिस्पर्धा



पहिलोपोस्ट

अनमोल केसी र आशिरमान जोशीको पर्दामा प्रतिस्पर्धा

काठमाडौं: फिल्म 'कृ'को रिलिज मिती अघि सरेसँगै  फिल्म 'ग्याङ्गस्टर ब्लूज' युनिटले पनि आफ्नो रिलिज अघि सारेको छ। पर्दामा हुने प्रतिस्पर्धामा दुई फिल्म आउँदो भदौमा जुध्ने भएको हो।  यसअघि २०७४ को भदौ २३ मा रिलिज हुने भनिएको फिल्म अब भदौको २ गते नै रिलिज हुने भएको जानकारी फिल्म युनिटले दिएको छ।

निर्माता सरोज न्यौपानेले फिल्मको रिलिज अघि सरेको पुष्टि गरे। उनले अनमोल केसी स्टारर फिल्म कृको रिलिज फेरबदल नै आफ्नो फिल्मको रिलिज सर्नुको मुख्य कारण रहेको बताए।

भने,'यसअघि कृले दशैंलाई रिलिज टार्गेट बनाउँदा हामीले भदौ २३ तोक्यौं, अब कृ भदौ ९ मा आउने भएपछि त्यसको एकहप्ता पहिले नै ग्याङ्गस्टर ब्लूज ल्याउने निर्णयमा पुगेका हौं।' उनको तर्क छ: फिल्म राम्रो बन्दैगर्दा हलमा होल्ड ओभर कायम हुनसक्छ, दर्शकको मनोभावना जित्न नसक्दा दोश्रो हप्ताबाट कृले शो मा ओभरल्याप गर्नसक्छ।



दुबै फिल्म युवापुस्ताको कथा बोल्ने फिल्म हो। दुबै फिल्म मुख्यतस् मल्टिप्लेक्स लक्षित हुँदा डिसिएन वितरक रहेको ग्याङ्गस्टर ब्लूजले मल्टिप्लेक्सका शो केहि होल्ड गर्ने दाबी निर्माण टिमको छ। ग्याङ्गस्टर ब्लूजमा अनमोल खेल्ने हल्ला बिच आशिरमानको नाम घोषणा भएको थियो। 

हेमराज बिसिको निर्देशनमा बन्दै गरेको फिल्म हाल छायांकनको लागि नेपालगंजमा छ। फिल्मको अहिलेसम्म करिब ४० प्रतिशत छायांकन सकिएको बताईएको छ। फिल्मले रिलिज पहिले नै लगानी सुरक्षित गरिसकेको समेत दाबी निर्माण युनिटले गर्दै आएको छ ।

फिल्ममा आशिरमानसँगै आना शर्मा, संयम पुरी, प्रमोद अग्रहरी, रोजिशा शाहि ठकुरी लिड अभिनयमा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell