PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

'रंगुन' फ्लप हुनुका पाँच कारण



पहिलोपोस्ट

'रंगुन' फ्लप हुनुका पाँच कारण

२४ फेब्रुअरीबाट प्रदर्शनमा आएको फिल्म रंगुन व्यवसायिक तथा समीक्षात्मक दुवै हिसाबले फ्लप भयो। ६२ करोडमा बनेको फिल्म ८० करोडमा वितरण भयो। फिल्म नचलेकै कारण ५० करोड घाटा हुने वेब दुनियाँले जनाएको छ

बलिउड समीक्षकले अड्कल गरेका फिल्म फ्लप हुनुका पाँच कारण 

१. अनुचित लगानी:
केही समय यता असफल फिल्म मात्र दिएका दुई बलिउड अभिनेता सैफअली खान र शाहीद कपूरको फिल्ममा ८० करोड लगानी गर्नुलाई पहिलो कारण बताइएको छ। स्टार भ्यालु कम भएका यी दुवै अभिनेताले सोलो हिरोको रुपमा एउटा पनि १०० करोड जम्मा गर्ने फिल्म पाएका छैनन्।
समीक्षकका अनुसार रंगुन ३० करोडमा बन्न सक्ने फिल्म हो। ३० करोड मात्र लगानी गर्दा पनि फिल्म फ्लप नै हुन्थ्यो तर घाटा कम व्यहोर्नु पर्थ्यो।

२. स्क्रिप्ट:
फिल्मको पटकथालाई समीक्षकले खलनायकको संज्ञा दिएका छन्। फिल्मको कथाले न मनोरञ्जन दिन्छ न यसमा कुनै फरक शैली प्रयोग गरिएको छ। युद्ध मैदानमा हुने त्रिकोणात्मक प्रेमकथा फिल्मको मुख्य विषय हो। तर कथा अलमलिन्छ। प्रेम वा मनोरञ्जन? कुन पटकथाको केन्द्रमा छ थाहा हुँदैन।
 
३. स्टार कास्ट:
लामो समय टिके पनि नबिकेका दुई अभिनेता फिल्ममा छन्। केही हिट फिल्म दिएकी कंगना यी दुईको बीचमा देखिन्छिन्। फिल्म हिट दिए पनि दर्शकको चासोमा कमै पर्छिन् उनी। यी तीनैले फिल्म निर्मातासँग सात सात करोड लिए जसलाई वेब दुनियाँले निर्माण युनिटको कमजोरी मानेको छ।
 
४. ट्रेलर र संगीत:
फिल्मको ट्रेलरले नै दर्शकमा उत्सुकता जगाउन सकेन। निरश ट्रेलर र उस्तै स्लो संगीत फिल्म फ्लप हुनुको जिम्मेवार कारण मान्न सकिन्छ।
 
५. निर्देशकीय कमजोरी:
विशाल भारद्वाजले व्यवसायिक रुपमा सुपरहिट फिल्म दिन सकेका छैनन्। उनका फिल्मले समीक्षात्मक रुपमा भने केही राहत पाउँथ्यो तर यसपटक उनी चुके। कारण हो निर्देशकीय कमजोरी। फिल्मको कथा, सेटिङ र प्रस्तुति सबै कमजोर साबित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell