PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

स्याङ्जामा स्ववियु सभापतिकी पराजित उम्मेदवार रिमाले गरिन् आत्महत्या



पहिलोपोस्ट

स्याङ्जामा स्ववियु सभापतिकी पराजित उम्मेदवार रिमाले गरिन् आत्महत्या

काठमाडौं : स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसकी स्ववियु सभापति उम्मेदवार रिमा क्षेत्रीले आत्महत्या गरेकी छिन्। नेपाल विद्यार्थी संघको तर्फबाट स्ववियु सभापतिमा उम्मेदवारी दिएकी उनी पराजित भएकी थिइन्। मतपरिणाम आइसकेपछि २१ वर्षकी उनले झुन्डिएर आत्महत्या गरेको स्याङ्जा प्रहरीले जनाएको छ।

बुधबार भएको चुनावमा उनकी प्रतिस्पर्धी अनेरास्ववियुकी प्रतिष्ठा कार्कीले विजय हासिल गरेकी छिन्। पारिवारिक स्रोतले बताएअनुसार चुनावमा पराजित भए पनि क्षेत्रीले दुखमनाउ भने गरेकी थिइनन्। मतपरिणामपछि उनी विजयी अन्य विद्यार्थी संगठनको जुलुसमा सहभागी थिइन्। पारिवारिक स्रोतका अनुसार उनले हारपछि ‘अर्को पटकको स्ववियु चुनावमा मैले नै टिकट पाउँछु र जितेर देखाउँछु’ भनेकी थिइन्।
 
आज बिहान परिवारका सदस्यसँग उनले सामान्य अवस्थामै कुराकानी गरेकी थिइन्। चिया खाएर बुवाआमा मेलापात गएपछि 'अबिर लागेकाले नुहाउँछु' भन्दै बाथरुम छिरेकी थिइन्। बुवाआमा घर फर्केर आउँदा उनी मृत अवस्थामा फेला परेकी थिइन्। 

उनले उम्मेदवारी दिएपछि प्रेमी भने असन्तुष्ट रहेको र चुनावमा नलड्न आग्रह गर्दै आएको स्रोतले बतायो। आत्महत्याको कारण बारे पोस्टमार्टमपछि मात्र थप भन्न मिल्ने एसपी बेदबहादुर बोगटीले पहिलोपोस्टलाई बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell