PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

भारतीय अर्थमन्त्री अरुण जेट्ली नेपालमा



पहिलोपोस्ट

भारतीय अर्थमन्त्री अरुण जेट्ली नेपालमा

काठमाडौं : राजधानीमा भइरहेको लगानी सम्मेलनमा भाग लिन भारतीय अर्थमन्त्री अरुण जेट्ली काठमाडौं आइपुगेका छन्।

उद्योग मन्त्रालय र लगानी बोर्डले संयुक्त रुपमा आयोजना गरेको लगानी सम्मेलनमा जेट्ली प्रमुख वक्ता हुन्। उनी चढेको जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। 

जेट्लीले चार बजे आफ्नो मन्तव्य राख्नेछन्। सेकेन्ड ‘जेनेरेसन इन्भेष्टमेन्ट’को थालनी गर्ने अवसरका रुपमा व्याख्या गरेको सम्मेलनमा विश्वका विभिन्न देशका एक हजारभन्दा धेरै लगानीकर्ता सहभागी छन्। कतिपय लगानीकर्ता कम्पनीको प्रतिनिधिको रुपमा र केही व्यक्तिगत रुपमा सामेल छन्।

मन्त्री जेट्लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आजै साँझ शिष्टाचार भेट गर्नेछन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्ना नेपाली समकक्षी कृष्णबहादुर महरासँग पनि बेग्लाबेग्लै भेट गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell