PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

'मेरी कुसुम' नेपालमा भन्दा पहिले ४ देशमा रिलिज हुने



पहिलोपोस्ट

काठमाडौं: फिल्म  ‘मेरी कुसुम’को प्रदर्शन मिति घोषणा भएको छ। २०७४ को जेठ २५ गतेबाट फिल्म प्रदर्शनमा आउने भएको हो।
फिल्म युनिटले ट्रेलर युट्युब मार्फत सार्वजनिक गरेपनि प्रदर्शन मिति तय भएको थिएन।

फिल्मको लेखन तथा निर्देशन एन.आर घिमिरेले गरेका हुन्।  सुनिता शर्मा बोगटी निर्मात्री रहेको फिल्ममा मोहन बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ। दिव्य सुवेदीको छायांकन, टंक वुढाथोकीको संगीत छ।

प्रेम र युद्धको कथा फिल्मको केन्द्रमा रहेको छ। फिल्म नेपाल रिलिज अघि यूएई, मलेसिया, कतार, बहराइन लगायतका देशमा प्रदर्शन हुने जानकारी फिल्म युनिटले दिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell