PahiloPost

Mar 23, 2026 | ९ चैत्र २०८२

वर्ल्डलिंकको नयाँ योजना : कति इन्टरनेट कुन मूल्यमा लिने, ग्राहकले छान्न पाउने



पहिलोपोस्ट

वर्ल्डलिंकको नयाँ योजना : कति इन्टरनेट कुन मूल्यमा लिने, ग्राहकले छान्न पाउने

काठमाडौं : वर्ल्डलिंक कम्युनिकेसन्सले अब ग्राहकले आफैंले रोजेर कति इन्टरनेट कुन मूल्यमा लिने भनेर छान्न पाउने सुविधा उपलब्ध गराउन थालेको छ। ग्राहकले फोन गरेर वर्ल्डलिंकका प्रतिनिधिलाई घरमै बोलाउन सक्ने कम्पनीले जनाएको छ।
 
वर्ल्डलिंकका प्रतिनिधिले ग्राहकको घरमै पुगेर उनीहरुले चाहे अनुसारको इन्टरनेट फाइबरबाट उपलब्ध गराउने जानकारी दिएको छ। 'वर्ल्डलिंक आफ्नै हो' योजना अन्तर्गत फाइबर जडानमा शतप्रतिशतसम्म छुट र तीन महिनासम्म आइपी टिभी निशुल्क पाउने पनि कम्पनीले जानकारी दिएको छ।

आइपी टिभी प्रविधिबाट ग्राहकले इन्टरनेट केबुलकै माध्यमबाट टिभी हेर्न पाउनेछन्। यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
 
वर्ल्डलिंकले २१ वर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ। कम्पनीका देशभर ६० हजारभन्दा बढी ग्राहक छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell