PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

हिमालयन आउटडोर फेस्टिभल मार्च तेस्रो साता : रन, राइड र रक समावेश हुने



पहिलोपोस्ट

हिमालयन आउटडोर फेस्टिभल मार्च तेस्रो साता : रन, राइड र रक समावेश हुने

काठमाडौं : हिमालयन आउटडोर फेस्टिभल प्रालिले सन् २०१२ देखि गर्दै आएको हिमालयन आउटडोर फेस्टिभलको छैटौं संस्करण आगामी मार्च १७ देखि १९ सम्म हुने भएको छ।

यसअघि हात्तित्रल हिल्समा हुँदै आएको फेस्टिभल पहिलो पटक ककनी इन्टरनेशनल स्काउट ट्रेनिङ सेन्टरमा हुने आयोजकले विहिबार पत्रकार सम्मेनल मार्फत जानकारी गराएको हो।

फेस्टिभलमा मुख्य तीन विधा रन राइड र रक समावेश रहेका छन्।

रन अन्तर्गत ३० किलोमिटर, १२ किलोमिटर र ५ किलोमिटर रनिङ हुनेछ यस्तै नाइट अफहिल रन पनि समावेश छ।

राइड अन्तर्गत डाउनहिल, क्रस कन्ट्री काथै एक्ससी एलिमिनेटर र नाइट अफहिल च्यालेन्स समावेश रहेको छ।

रन र राइड दुवै खुल्ला प्रतियोगिता रहेका कारण सबैले भाग लिन पाउने छन्।  यस्तै रक अन्तर्गत बोल्डरिङ कोम्प, डाइनो कोम्प र नेचुरुल रक क्लाइम्ब रहेका छन्। 

फेस्टिभलको मुख्य प्रायेजनमा द नर्थ फेस रहेको छ। फेस्टिभलका लागि झमिसखेलमा रहेको बेसक्याम्प, ठमेलको द नर्थ फे शोरुम र अनलाइन मार्फत पनि फर्म भर्न सकिनेछ।

यसपटक ५ सय भन्दा बडी सहभागी हुन आयोजकले बताएको छ। यस्तै फेस्टिभलमा मिनि जिप फ्लायर, होरिजेन्टल बन्जी, डाइनो कम्पिटेसन र स्ल्याकलाइन कम्पिटेशन, एड्भेन्चर मुभी स्क्रिनिङ, फुड स्टल, लाइभ म्युजिकहरु समेत रहेने आयो्जकलेजानकारी गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell