PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

क्रिकेट टीमको भारत भ्रमण : तेस्रो अभ्यास खेलमा नेपाल ४० रनले विजयी



पहिलोपोस्ट

क्रिकेट टीमको भारत भ्रमण : तेस्रो अभ्यास खेलमा नेपाल ४० रनले विजयी

काठमाडौं : भारतमा भ्रमणमा रहेको नेपाली क्रिकेट टीमले तेस्रो अभ्यास खेलमा पजि जित हासिल गरेको छ। नेपालले तेस्रो अभ्यास खेलमा नोइडा वन्डर्सलाई ४० रनले पराजित गरेको हो।

ग्रेटर नोएडास्थित गौतमबुद्ध युनिभर्सिटी ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २४८ रन बनायो।

नेपालका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ७४ रन बनाए भने विनोद भण्डारीले नटआउट ४१ रनको योगदान गरे। यस्तै राजेश पुलामीले ३०, आरिफ शेखले २८ तथा आसिफ शेख र शरद भेषवाकरले समान २२ रन जोडे। नोइडा वन्डर्सका  विकास मिश्रले २ विकेट हात पारे। जवाफमा २४९ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ४७.२ ओभरमा सबै विकेट गुमाएर २०८ रन मात्र बनाउन सक्यो।

वन्डर्सका लागि प्रियम गर्गले सर्वाधिक ३४ रन बनाए भने शिवम शर्माले ३८ रन जोडे। यस्तै राहुल चोपराले २२ तथा आयुष जैनले २० रन बनाए भने बबी यादव २६ रनमा नटआउट रहे।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ तथा शक्ति गौचन र सन्दीप लामिछानेले २/२ विकेट लिए।

सुरुमा नेपालले दिल्ली डाइनामोससँग खेल्ने भनिएपनि अन्तिम समयमा विपक्षी टीम परिवर्तन भएको नेपाली टीमका व्यवस्थापक रमन शिवाकोटीले जनाएका छन्।

यसअघि राजवाडा क्रिकेट टीमसँग भएको दुई खेलमध्ये नेपालले एकमा जित र एकमा हारको नजिता निकालेको थियो। 

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग यही फागुन २८ र ३० गते हुने खेलको लागि थप तयारी गर्न नेपाली टोली भारत भ्रमण गएको हो। भ्रमणमा नेपालले ३ मध्ये २ अभ्यास खेल जित्दा एकमा भने हार बेहाेर्‌यो।
 
(फोटो : रमन शिवाकोटी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell