PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

प्रधानमन्त्री प्रचण्ड र भारतीय वित्तमन्त्री जेट्लीबीच भेट



दीपेन श्रेष्ठ

प्रधानमन्त्री प्रचण्ड र भारतीय वित्तमन्त्री जेट्लीबीच भेट

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय वित्तमन्त्री अरुणकुमार जेट्लीलबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा सहकार्यका लागि प्रस्ताव गरे।

प्रधानमन्त्री प्रचण्डले सरकार संविधान कार्यान्यवनका लागि क्रियाशील रहेको जेट्लीलाई जानकारी गराए। साथै संविधान कार्यान्वयनपछि नेपाल आर्थिक समृद्धि र विकासको सहज यात्रामा अगाडि बढ्ने उल्लेख गरे। प्रधानमन्त्रीले नेपालका राजनीतिक दलहरुको एकता र सहकार्यका आधारमा आफू अगाडि बढिरहेको समेत जेट्लीलाई जानकारी दिए।

भेटमा वित्तमन्त्री जेट्लीले नेपालजस्तो देशका लागि प्रत्यक्ष वैदेशिक लगानी निकै महत्वपूर्ण रहेको बताए। लगानी सम्मेलनमा सहभागि हुनै आजै नेपाल आइपुगेका जेट्लीले सम्मेलनले सकारात्मक प्रतिफल दिने विश्वास व्यक्त गरे। साथै उनले आर्थिक समृद्धिले नै राजनीतिक सहमति र स्थिरताको वातावरण निर्माण गर्ने भन्दै भारत आर्थिक विकासमा सहकार्यका लाग तयार रहेको बताए। 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell