
बग्दाद : इराकका लागि संयुक्त राष्ट्रसंघीय मिसनले गत फेब्रुअरी महिनामामा इराकमा ३८५ जना नागरिकको मृत्यु भएको जानकारी दिएको छ।
मिसनले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार फेब्रुअरीमा ६०९ जना घाइते भएका छन्।
आतङ्ककारीका गतिविधि र हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । तथ्याङ्कमा सुरक्षाकर्मीको संख्या भने भने जोडिएको छैन्।
मिसनले यसअघि सार्वजनिक गरेको तथ्याङ्कमा मृत्यु भएका सुरक्षाकर्मीको संख्या पुष्टी भएको थिएन।
फेबु्रअरीको तथ्याङ्कमा इराकको पश्चिमी प्रान्त अनबारमा भएको हिंसामा मृत्यु हुनेहरुको सङ्ख्या पनि समावेश गरिएको मिसनले जनाएको छ।
इराकका लागि राष्ट्रसंघीय दुत तथा मिसनका प्रमुख जान कुबिजले आमनागरिकलाई लक्षित गरेर हिंसात्मक घटना गराउन इस्लामिक स्टेट (आईएस)का लडाकु दोषी रहेको बताए।।
सरकारी सेनाले भने आतङ्ककारीबाट आम नागरिकको हत्या नियन्त्रण गर्न प्रयास गर्दा आफ्नो व्यवसायीकताको सम्मान गरेको उनले बताए। रासस/सिन्ह्वा