PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

फ्रेन्च फुटबल स्टार कान्टेलाई लण्डनको बेस्ट प्लेयर अवार्ड



पहिलोपोस्ट

फ्रेन्च फुटबल स्टार कान्टेलाई लण्डनको बेस्ट प्लेयर अवार्ड

फ्रेन्च फुटबल खेलाडी एन गोलो कान्टेले लण्डन बेस्ट प्लेयर अफ दी इयरको अवार्ड जितेका छन्। उनलाई प्रिमियर लिग प्लेयर अफ दी इयरको अवार्ड प्रदान गरिएको हो।

गत सिजन लेस्टर सिटीलाई पहिलो पटक प्रिमियर लिगको उपाधि जिताउँदा महत्वपूर्ण सदस्य रहेका कान्टे यसै सिजन चेल्सी पुगेका हुन्। 

यस्तै चेल्सीकै एन्टोनिओ कोन्टेले म्यानेजर अफ दी इयरको अवार्ड जितेको छन्। 

यता टोटनहम हट्सपरका डेले अलीले योङ प्लेअर अफ दी इयर तथा ह्युगो लोरिसले गोलपिकर अफ दी इयरको अवार्ड जितेका छन्। 

फुटबल लिग प्लेयर अफ दी इयरको अवार्ड फुटहलमका  टम काइरनेले जितेका छन्।

यसै सिजज फुटबल प्लेइङ करियर टुङगाएका फ्रान्स लाम्पार्डलाई लण्डल फुटबल क्लबलाई पुर्याएको योगदानका लागि आउटस्ट्याण्डिङ अवार्ड प्रदान गरिएको छ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell