काठमाडौँ : नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा आवेदन गर्नेमध्ये १० कित्ता सेयर एक लाख २५ हजार ५ जनाले पाएका छन्। १० कित्ताका लागि आवेदन गर्नेमध्ये ५५०३ जनाले सेयर पाएका छन्।
२० कित्ताका लागि आवेदन गर्ने ४३७७ जनाले पनि १० कित्ता पाएका छन्। ३० कित्ता आवेदन गर्ने एक लाख १४ हजार १२५ जनाले पनि १० कित्ता सेयर पाएका छन्। साना लगानीकर्तालाई २३।२२ प्रतिशतका दरले सेयर पाएका हुन्।
४० कित्तादेखि १६० कित्तासम्म आवेदन गर्नेहरुलाई गोलाप्रधाबाट ५।६३ प्रतिशतका दरले सेयर पाएका छन्। १७० कित्ताभन्दा वढि आवेदन गर्ने सबैले सेयर पाएका छन्।
कम्पनीले १०० रुपैयाँ अंकित दरको सेयरमा १३ सय २५ रुपैयाँ प्रिमियम जोड्दै १४ सय २५ रुपैयाँ एफपिओ जारि गरेको थियो। चार अर्ब ४१ करोड २४ लाख ११ हजार तीन सय २५ रुपैयाँ बराबरको सेयर निस्कासन गरिएको हो।
कुल ३० लाख ९६ हजार चार सय ९९ कित्ता सेयर सर्बसाधारणका लागि जारी भएको हो। एफपिओमा अहिले सम्मकै सर्बाधिक रकम करिब ५२ अर्ब रुपैयाँको आवेदन परेको थियो।
साना लगानीकर्ता ९१० देखि ३० कित्तासम्म० ले कुल १२ लाख ३८ हजार ५७२ कित्ताका लागि आवेदन दिएका थिए। प्रकृया पुगेको आवेदन एक लाख ९६ हजार ३२७ थियो।
ठूला लगानीकर्ता ९४० कित्तादेखि माथि० बाट ५८ हजार ७२६ प्रकृया पुर्याएर आवेदन दिएका थिए। उनीहरुबाट तीन करोड ३० लाख २५ हजार ९७० कित्ता सेयर माग भएको थियो। यो भनेको १७।७८ गुणा वढि हो।
कम्पनीको एफपिओमा ४० कित्तादेखि १६० कित्तासम्म हाल्नेले १० कित्ता नै पाएका छन्। ४० कित्ता हाल्नेमध्ये ८३६ जानले, ५० कित्ता हाल्नेले २३ सय ४६ जनाले, ६० कित्ता हाल्नेमध्ये ५५४ जनाले, ७० कित्ता हाल्नेमध्ये १२ सय ४५ जनाले, ८० कित्ता हाल्ने मध्ये ५१४ जनाले, ९० कित्ता हाल्नेमध्ये १७० जनाले, १० कित्ता हाल्नेमध्ये चार हजार ८० जनाले, ११० कित्ता हाल्नेमध्ये ९५७ जनाले, १३० कित्ता हाल्नेमध्ये २९६ जनाले, १४० कित्ता हाल्ने मध्ये ९१८ जनाले, १५० कित्ता हाल्नेमध्ये १२ सय १६ जनाले र १६० कित्ता हाल्ने मध्ये ३४७ जनाले सेयर पाएका छन्।
कम्पनीको सेयरमा अधिकतम कित्ताका लागि १७३ जनाले आवेदन दिएका थिए। उनीहरुले ३० हजार ९६० कित्ताका लागि आवेदन दिएका थिए। उनीहरुले १७ सय ४१ कित्ता सेयर पाएका छन्।