
काठमाडौं: यो हप्ता फाइडे रिलिज अन्तर्गत कुनै पनि नेपाली फिल्म सार्वजनिक भएका छैनन्। गत हप्ता प्रदर्शनमा आएको ' लुट टु'ले नै यो हप्ता पनि सिंगल तथा मल्टिप्लेक्समा शोहरु कब्जा गरेको छ।
बलिउड तर्फ भने फिल्म 'कमान्डो टू' नेपालका लागि सार्वजनिक भएको छ। देवेन भोजानीको निर्देशनमा बनेको फिल्म सन् २०१३ मा सार्वजनिक फिल्म कमान्डो: अ वान म्यान आर्मी को सिक्वेल हो। विपुल शाहले निर्माण गरेको फिल्ममा पटकथा रितेश शाहको रहेको छ।
एक्शन जानराको फिल्ममा विद्युत जमवाल र अधा शर्माको मुख्य भूमिका रहेको छ। कमान्डो टूले सिंगल तथा मल्टिप्लेक्समा शो पाएको छ। गत हप्ता आएको रंगुन भने एक साता पनि टिक्न सकेन।
त्यस्तै हलिउडका लागि फिल्म 'लोगन' रिलिज भएको छ। जेम्स म्यनागोल्डको निर्देशनमा बनेको फिल्मले मल्टिप्लेक्समा शोहरु पाएको छ। फिल्ममा हुग ज्याकम्यान, पेट्रिक स्टेवार्ट र रिचार्ड ग्रान्टको मुख्य अभिनय रहेको छ।
दुई घण्टा पन्ध्र मिनेट लामो फिल्म सुपरहिरोको कथामा आधारित छ। मेक्सिकोको सिमानामा लुकेका लोगानलाई एक्सम्यानले बचाउनु नै मुख्य कथा हो।