PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

कक्षा ११ को परीक्षा सर्‌‍यो, असार १ देखि हुने



पहिलोपोस्ट

कक्षा ११ को परीक्षा सर्‌‍यो, असार १ देखि हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा मिति असारमा सारेको छ।

सरकारले बैशाख ३१ गते स्थानिय निकायको निर्वाचन मिति तय गरेपछी परिक्षा मिति सारिएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले पहिलोपोस्टलाई जानकारी दिए।

नयाँ मितिअनुसार अनुसार अव बोर्डले कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म सञ्चालन गर्ने छ। परीक्षा सञ्चालन समितिको शुक्रबार बिहान बसेको बैठकले असार १ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि बोर्डले कक्षा ११ को परिक्षा वैशाख २४ गतेदेखि गर्नको लागी परिक्षा सुची सार्वजनीक गरेको थियो।  अर्यालका अनुसार कक्षा १२ को परीक्षा भने यथावत मितिमा नै गर्ने भएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell