PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

केन्या विरुद्ध खेल्न तयार पारिदै त्रिवि मैदान



समर्थ रञ्जित

केन्या विरुद्ध खेल्न तयार पारिदै त्रिवि मैदान

काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप डब्लुसिएल अन्तर्गत केन्या विरुद्ध हुने खेलका लागि कीर्तिपुरस्थित त्रिवि मैदानको स्वरुप फेर्ने काम भइरहेको छ।

मैदानमा दुबो रोप्ने, पानी हाल्ने माटो राख्ने जस्ता कामहरु तिव्र गतिमा भइरहेको छ।

दैनिक ६/७ ट्याङ्कर पानी त्रिवि मैदानमा हालिदै छ। मैदानको स्वरुप फेर्नका लागि अहिले १५ भन्दा बढी कामदार खटिरहेका छन्।

डब्लुसिएल अन्तर्गत नेपाल र केन्याबीच पाँचौ चरणको दुई खेल यही फागुन २८ र ३० गते त्रिवि मैदानमा हुँदैछ।

गत वर्ष अप्रिलमा नेपाल र नामिवियाबीचको खेल पनि त्रिवि मैदानमै भएको थियो।

नेपाल क्रिकेट संघ क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको निलम्वनमा हरेका कारण नेपालले खेल्ने सबै अन्तर्राष्ट्रिय खेलकोबारे आइसीसी नै हेर्दै आएको छ।
















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell