
काठमाडौँ : राप्रपाले चुनाव चिन्ह 'गाई' प्रयोग गर्ने भएको छ।
राप्रपा नेपाल र राप्रपाको एकता महाधिवेशनमा चुनाव चिन्ह 'गाई कि हलो' भन्ने विवाद भएको थियो।
राप्रपा नेपाल समर्थकहरुले गाईलाई चुनाव चिन्ह बनाउनुपर्ने बताएका थिए भने राप्रपाका नेताहरुले हलोको पक्षमा वकालत गरेका थिए। नेता प्रकाशचन्द्र लोहनीले हलो चुनाव चिन्ह राख्नुपर्ने बताएका थिए।
राप्रपाको केन्द्रीय समितिको बैठकले गाई चुनाव चिह्न राख्ने निर्णय लिएको केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए। राप्रपाको एकता महाधिवेशन पछि केन्द्रीय समितिमा अध्यक्ष थापा पक्षधरको स्पष्ट बहुमत छ।
राप्रपा केन्द्रीय समितिको बैठक विभिन्न महत्त्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न, बैठकले पार्टीको चुनाव चिन्ह "गाई" छनौट गर्ने निर्णय गरेको छ । pic.twitter.com/l7oa1pkhVu
— Mohan Shrestha (@mohanrppn1) March 3, 2017