PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

​ओली निधि वार्ता, ओलीले सोधे – 'लेखेट्ने' शब्द प्रयोग गर्नु भएको हो?



पहिलोपोस्ट

​ओली निधि वार्ता, ओलीले सोधे – 'लेखेट्ने' शब्द प्रयोग गर्नु भएको हो?

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटेर 'कुनै दलको सभा बिथोल्ने अभिव्यक्ति आफूले नदिएको' प्रष्ट पारेका छन्।

बिहिबार राति अबेर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न निधि बालकोट निवास पुगेका थिए।

निधिले आफूले फागुन १५ गते लाहानको कार्यक्रममा 'कसैलाई लखेट्ने भन्ने शब्द' आफूले प्रयोग नगरेको जानकारी गराएका थिए।
'मेची–महाकाली अभियानबारे तपाईले त्यस्तो शब्द प्रयोग गरेको भनेर साथीहरुले भनेका छन्,  तर तपाँईले त्यस्तो शब्द प्रयोग गर्नु भएको भन्ने बिश्वास लाग्दैन', भेटमा अध्यक्ष ओलीले निधिलाई सोधेका थिए।

जवाफमा निधिले -  आफूले अभिव्यक्तिबारे आएको समाचारको खण्डन गरेको बताएका थिए।
 

पढ्नुस् - के भनेका थिए निधिले? के थियो एमालेको विज्ञप्तीमा?


संविधान संशोधनबारे पनि छलफल

अध्यक्ष ओलीसँगको भेटमा मन्त्री निधिले संबिधान संशोधनबारे एमालेले प्रयोग गरेको राष्ट्रघाती शब्दप्रति आपत्ति जनानाएका थिए।
मन्त्री निधिले विगतमा प्रदेशको सीमांकन हेरफेर सम्बन्धी ओलीले ले नै हस्ताक्षर गरेको दस्ताबेजलाई सरकारले अघि सार्दा कसरी राष्ट्रघाती हुन्छ भन्ने प्रश्न गरेक थिए।

ओलीले संविधान संशोधन देशको हितमा नभएको बताउँदै पार्टीको आधिकारिक दस्ताबेजमा राष्ट्रघाती शब्द उल्लेख नगरिएको प्रष्ट गरेका थिए।
भेटमा गृहमन्त्री निधिले एमालेको मेची–महाकाली अभियानका क्रममा सुरक्षाको व्यबस्था गर्न आफूले सुरक्षा निकायलाई निर्देशन दिएको जानकारी दिएक थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell