PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

बुवा निर्देशक, छोरा नायक: बन्ने भयो 'बाबु कान्छा'



पहिलोपोस्ट

बुवा निर्देशक, छोरा नायक: बन्ने भयो 'बाबु कान्छा'

काठमाडौं:  नेपाली फिल्म निर्देशक शोभित बस्नेत आफ्नो निर्देशकिय कम ब्याकको तयारीमा रहेका छन्। बिहिबार उनको निर्देशनमा फिल्म 'बाबु कान्छा' बन्ने खबर सार्वजनिक भएको हो।

फिल्मको अफिसियल घोषणा भने भएको छैन। सलोन सलिना फिल्मसको ब्यानरमा फिल्म बन्ने बारे बस्नेतले अनौपचारिक जानकारी दिएका हुन्। बिहिबार फिल्मको लागि गीत रेकर्डिङ सुरु भएको छ।

संगीतकार टंक बुढाथोकीको संगीत र कमल खत्रीको स्वरमा ‘छाई सक्योउ आँखामा’ बोलको गीत फिल्म घोषणा अघि तयार गरिन लागेको हो।
फिल्मको मुख्य कलाकार निर्देशक बस्नेतकै छोरा सलोना बस्नेत रहनेछन् भने अन्य कलाकार निश्चित भएका छैनन्। कलाकार फाइनल गरे लगत्तै चैतबाट युनिट फ्लोरमा उत्रने बताइएको छ।

नेपाल र दुबैइमा छायाँकन हुने भनिएको फिल्मको लागत ८० लाख सम्म हुन सक्ने अनुमान फिल्म युनिटको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell