PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

भारतीय वित्तमन्त्री जेट्लीले भने, 'प्रतिबन्धित भारु नोट साट्न चाँडै निर्णय हुन्छ'



पहिलोपोस्ट

भारतीय वित्तमन्त्री जेट्लीले भने, 'प्रतिबन्धित भारु नोट साट्न चाँडै निर्णय हुन्छ'

काठमाडौं : भारतीय वित्तमन्त्री अरुण जेट्लीले प्रतिबन्धित ठूला दरका भारु नोटका बारेमा आवश्यक निर्णय गर्न नेपाल-भारत दुवै देशको संयन्त्रले काम गरिरहेको बताएका छन्।

भारतले ५ सय र हजार दरका नोट नचल्ने घोषणा गरेसँगै नेपालमा रहेको भारु नोट साटिएको छैन। बैंकहरुमा भएको नोट पनि भारत सरकारले साटिदिएको छ।
 
लगानी सम्मेलनमा भाग लिन आएका जेट्लीले शुक्रबार बिहान पत्रकारहरुसँग छोटो कुराकानी गर्दै भने- दुवै देशबीचमा यस बारेमा कुराकानी भइरहेको छ। यसबारेमा चाँडै केही निर्णय हुन्छ।
 
उनले कहिलेसम्म नोट साटिन्छ भनेर मिति भने तोकेनन्। वित्तमन्त्री जेट्ली बिहीबार नेपाल अवतरण गर्दैगर्दा भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबिआइ) का दुई जना नेपालसँग भारु नोटका बारेमा छलफल गरेर फर्किँदै थिए।
 
मन्त्री जेट्लीले हिजो नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालसँग पनि छलफल गरेका थिए। उनले पत्रकारहरुसँग नेपालले आयोजना गरेको लगानी सम्मेलनको प्रशंसा गर्दै विश्वका लगानीकर्ताको ध्यान नेपालले आफूतिर खिच्न सक्षम भएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell