PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

फिल्म 'सरकार ३' को ट्रेलर सार्वजनिक, अमिताभ बच्चन केन्द्रमा



पहिलोपोस्ट

फिल्म 'सरकार ३' को ट्रेलर सार्वजनिक, अमिताभ बच्चन केन्द्रमा

रामगोपाल वर्माको निर्देशनमा बनेको फिल्म सिरिज 'सरकार'को तेस्रो संस्करणको ट्रेलर सार्वजनिक भएको छ। आउँदो अप्रिल ७ बाट प्रदर्शनमा आउने फिल्मको ट्रेलर बिहीबार एक समारोहबीच अमिताभ बच्चनलगायत फिल्म युनिटले सार्वजनिक गरेका हुन्।

फिल्ममा अमिताभ बच्चन सुभास नागरेका रुपमा देखिएका छन्। करिब तीन मिनेट लामो फिल्ममा सुभास पात्र नै केन्द्रमा रहेको छ। फिल्ममा पहिलो पटक अभिनेता अमित साध र यमी गौतम एकसाथ देखिँदैछन्। फिल्ममा ज्याक्की सर्फ, रोनित राय र वाजपेयीको पनि अभिनय रहेको छ।

पोलिटिकल क्राइम थ्रिलर ड्रामामा पि.जय कुमार र रामकुमार सिंहको पटकथा र संवाद रहेको छ।  फिल्मको कथा भने निर्देशक वर्माकै लेखन हो। 
हेर्नुस् फिल्मको ट्रेलर: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell