काठमाडौँ : लगानी सम्मेलनमा ११ खर्ब (१० अर्ब डलर) को लगानी प्रतिबद्धता आएको छ। दुर्इ दिनसम्म राजधानीमा भएको सम्मेलनमा यति ठूलो लगानीको प्रतिबद्धता आएको हो।
.JPG)
उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजनामा भएको सम्मेलनको अन्तिम दिन उद्योगमन्त्री नवीन्द्रराज जोशीले ११ अर्ब डलरको लगानी प्रतिबद्धता आएको जनाउँदै यति ठूलो लगानीले उत्साहित बनाएको बताए।
.jpg)
उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजनामा भएको सम्मेलनको अन्तिम दिन उद्योगमन्त्री नवीन्द्रराज जोशीले ११ अर्ब डलरको लगानी प्रतिबद्धता आएको जनाउँदै यति ठूलो लगानीले उत्साहित बनाएको बताए।
.jpg)
'तपार्इहरुको प्रतिबद्धताका लागि म कृतज्ञता व्यक्त गर्दछु' उनले भने, 'म तपार्इहरुलार्इ आफूले गरेको प्रतिबद्धतालार्इ वास्तविक लगानीमा परिवर्तन गर्न पनि आग्रह गर्छु।' सरकारले लगानी सम्मेलन गर्दा एक खर्ब रुपैयाँ मात्रै लगानी प्रतिबद्धताको अपेक्षा गरेको थियो। उनले लगानीका लागि मूख्य दलका शीर्ष नेताबाट प्रतिबद्धता आउनु सुखद भएको बताउँदै यसले लगानी बढाउनका लागि अवसर सिर्जना गरेको बताए।
'लगानी सम्मेलनमा मुख्य राजनीतिक दलका शीर्ष नेताबाट लगानीकर्तालार्इ संरक्षण गर्ने प्रतिबद्धताले लगानी बढाउन अवसर सिर्जना भएको छ' उनले भने।
लगानी सम्मेलनमा लगानीको वातावरण बनाउन नेपालले थालेका सुधारात्मक कदमहरुका बारेमा वृहत रुपमा छलफलबाट लगानीकर्ता आश्वस्त बनाउन सकिएको उनले बताए।
उनले विदेशी लगानीलार्इ सुरक्षा र सहुलियत दिने प्रतिबद्धता जनाउँदै हरेक विदेशी लगानीकर्ताले नेपालबाट राम्रो प्रतिफल पाउने स्पस्ट पारे।जोशीले नेपालमा लगानीका क्षेत्र धेरै रहेको बताउँदै जलविद्युत,पर्यटन,खानी, कृषि प्रशोधन,सूचना प्रविधि तथा टेलिकम र पूर्वाधारमा लगानीका लागि प्रर्याप्त अवसर रहेको बताए।
सरकारले सेकेन्ड ‘जेनेरेसन इन्भेष्टमेन्ट’को थालनी गर्ने अवसरका रुपमा व्याख्या गरेको सम्मेलनमा विश्वका विभिन्न देशका एक हजारभन्दा धेरै लगानीकर्ता सहभागी भएका छन्। कतिपय लगानीकर्ता कम्पनीको प्रतिनिधिको रुपमा र केही व्यक्तिगत रुपमा सामेल छन्।
भारत, चीन, अमेरिका, बेलायत, दक्षिण कोरियालगायत मुलुकका २५० भन्दा बढी कम्पनीले सम्मेलनमा भाग लिएका छन्। त्यस्तै नेपालका ८५० भन्दा धेरै कम्पनी सहभागी छन्।
२०४६ सालको परिवर्तन पश्चात नेपालमा लगानीको पहिलो चरण सुरु भएको थियो। धेरै मल्टिनेशनल कम्पनीहरु त्यसबेला मुलुक प्रवेश गरेका थिए। तर, त्यसको केही वर्षमै मुलुक फेरि द्वन्दमा फसेपछि लगानीकर्ता निरुत्साहित भएका थिए। सरकाले अहिले फेरि लगानीकर्तालाई बोलाउने जमर्को थालेको हो।