
काठमाडौं: स्वर नलीमा मासु पलाएका कारण स्वर गुमाएका कलाकार दीपाक क्षेत्रीको स्वर फिर्ता गराउन सहयोग संकलन अभियान सुरु भएको छ। राज्जा रानी निर्माता एमके पौडेलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ बैंक खाता खोल्ने घोषणासँगै अभियान सुरु भएको हो।
कलाकार र प्राविधिकहरुको घोषणालाई आधार मान्दा अहिलेसम्म २ लाख २१ हजार संकलन निधो भएको छ। गएराति १० बजे नेपालगंज सुटिङ सेटमा अभिनेता क्षेत्रीका लागि युनिटले जन्मदिन पार्टी आयोजना गरेको थियो जहाँ निर्माता पौडेलले स्वर फिर्ता गराएर छाड्ने वचन व्यक्त गरे।
शल्यक्रियालाई लागि झन्डै ५ लाख चाहिने क्षेत्रीले बताए। उनले भने,'अभिनय करियरमा पहिलोपटक छायांकन सेटमा जन्मदिन मनाएको हुँ।'
सिनेमा सेतो सूर्यको समिक्षा लेखेका हलिउड समिक्षकले क्षेत्रीको प्रशंसा गर्दै लेखेका थिए: दृश्यलाई जीवन्त तुल्याउन ज्यान दिने अभिनेता।
उनको उपचारका लागि केकी अधिकारी, नाजिर हुसेन, पुरुषोत्तम प्रधान, सरल बुढाथोकी, यम थापा, हरि थापा आदीले सहयोग घोषणा गरेका छन्।
अहिले नेपालगंजको रनियापुर, बानियाँगाउँ, नेपालगंज बजार, जमुनिया लगायतका थलोमा फिल्म छायांकन भैरहेको छ।